बागलुङ : विकट गाउँ, त्यसमाथि आधारभूत आवश्यकताको कम पहुँच। यस्तो ठाउँमा पनि बालगृह सञ्चालनमा छ। तमान गाउँको बीचमा एउटा सानो घर छ।
हरेक दिन त्यही घरका वरपर स-साना बालबालिका भेटिन्छन्। कोही पढ्दै, कोही दौडिँदै त कोही खेल्दै। उनीहरू गत असारदेखि यही घरमा बस्दै आएका छन्।
केही समयअघिसम्म १६ जना थिए भने अहिले ३१ जना बालबालिका यही घरमा बस्दै आएका छन्। उनीहरूमध्ये धेरैका आमाबुबा छैनन्। आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरूको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ।
तमानखोला गाउँपालिका–३...