फेसबुकको स्वामित्व भएको इन्स्टाग्रामले बालबालिकाका लागि बनाउँदै गरेको एप ‘इन्स्टाग्राम किड्स’ हाललाई रोकेको छ ।
इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि यो एप बनाउन लागेको थियो, जसको अमेरिकामा विरोध प्रदर्शन भयो ।
अभिभावकहरूले इन्स्टाग्रामको स्वामित्व लिएको फेसबुकविरुद्ध प्रदर्शन गरेका थिए । साथै उनीहरूले यो एप नल्याउन चेतावनी पनि दिएका थिए ।
एक रिपोर्टका अनुसार इन्स्टाग्राम कम उमेरका बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । यसको कारण इन्स्टाग्रामको कन्टेन्टलाई मानिएको छ । यस्तो...