नेपालमा विचारधाराको बहस

नेपालका चार प्रमुख राजनीतिक धारबीचको वास्तविक दुरी कति छ? यसअघि उठाएका स्वतन्त्रता, सम्पत्ति, शक्ति र राज्यका प्रश्नमा यी दलका उत्तर हेर्ने हो भने कतिपय ठाउँमा स्पष्ट भिन्नता भेटिन्छ। कतिपयमा उनीहरू धेरै नजिक देखिन्छन्। र, केही महत्त्वपूर्ण प्रश्नमा उनीहरूका प्रतिबद्धता भए पनि कुन निर्णय लिन्छन् भन्ने स्पष्ट हुँदैन।