हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै वेड कोरोना संक्रमितले भरिएका छन् ।कोरोना संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै वेड संक्रमितले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।अस्पतालले २० वेडको व्यवस्था गरी संक्रमितको उपचार कार्य सुरु गरेको थियो । अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० वेड क्षमतालाई विस्तार गर्दै हाल ४६ वेडको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ । अ