मैले ९ वर्ष लगाएर २२ औं प्रयासमा, सरकारी सेवा प्रवेशको ३५ बर्से उमेर हद पार गर्नै लाग्दा यसै वर्ष लोकसेवाको अधिकृत परीक्षामा नाम निकालें– नेपाल विद्युत् प्राधिकरणको प्रशासकीय अधिकृत (सातौँ) तहमा । विगत ५ महिनादेखि म कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको प्रशासन प्रमुखको रुपमा कार्यरत थिएँ । ०७८÷१२÷२४ गते उक्त पदबाट राजीनामा गर्दै यही वैशाख ३० […]