काठमाडौं : निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ। कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ। आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ।&