काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले आव ०७८/७९ मा ४१२ वटा उजुरी फर्छ्यौट गरेको छ।पुनः पेश गरिएका उजुरीहरूसमेत गरी आयोगले ४ सय १२ वटा उजुरी उपर निर्णय गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए। उनका अनुसार आयोगले ३ सय ५१ उजुरीहरू फर्छ्यौट गर्दै सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिश गरेको छ।फर्छ्यौट गरिएका उजुरीमा ९ उजुरी खारेज भएका छन् भने २ सय ५१ उजुरी तामेलीमा छन्। पुनः पेश भएका उजुरी ६१ वटा छन्। यो वर्ष ४ हजार २ सय १४ वटा उजुरीहरू जिम्मेवारी सरेर आएक