जुम्ला – जुम्लाको हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले तीन हजार नौ सय वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेका छन् । गाउँपालिकाको पहलमा स्थानीयले जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार हिमा गाउँपालिका–५ निवासी स्थानीय दानबहादुर शाहीले तीन हजार एक सय र दलवीर शाहीले आठ सय वर्गमिटर जग्गा गाउँपालिकालाई निःशुल्क प्रदान गर्नु भएको हो ।
उहाँका अनुसार जग्गा टुङ्गो लागे सँगै गाउँपालिकाको स्थायी केन्द्र पनि बाजागाडामा बन्ने निश्चित भएको छ । गाउँपालिका ...