‘दारी फुल्यो बैँसैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीत दिएका गायक आशिष सचिन ओएसआर डिजिटलसँग अनुबन्धित भएका छन् ।८ गीत सहित विभिन्न प्रोजेक्ट निर्माणमा एक वर्ष सहकार्य गर्ने गरेर उनी ओएसआरसँग जोडिएका हुन् । ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाखमा एक वर्षका लागि अनुबन्धित गरेको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले बताए । अग्रवालका अनुसार गायक आशिषले १ वर्षसम्म ओएसआरमा आबद्ध रहेर ८ गीत, म्युजिक भिडियो र केही विज्ञापनमा