सप्तरीमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौंः सप्तरीमा एक पुरुष मृत भेटिएका छन्। आज बिहान तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोमा मृत फेला परेका हुन्। मृतकको सनाखत भने हुन सकेको छैन। घोप्टो अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको छ। घटनाको…

सम्बन्धित सामग्री

बसुन्धारामा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौं : काठमाडौंको बसुन्धारामा एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा अन्दाजी ३२ वर्षीय पुरुष मृत भेटिएका हुन्। शवको अहिलेसम्म सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

भक्तपुरमा एक पुरुष मृत भेटिए, सनाखत भने हुन सकेन

काठमाडौ : भक्तपुरको खोला किनारमा एक मानिस मृत फेला परेका छन्। आज बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ९ नङ्खेल भाराली खोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ४५ वर्षीय वर्ण गहुँगोरो, उचाइ पाँच फिट, हरियो कलरको ज्याकेट,…