स्वास्थ्य विमाः उपचारमा बरदान, प्रकृया झन्झटिलो

मोतीराम तिमल्सिना, काभ्रे ।  बनेपा नगरपालिका वडा नम्वर १३ भैसेपाटीमा बसोबास गर्ने ३७ बर्षिया संिगता बुढाथोकीले सरकारले गरेको स्वास्थ्य विमा कार्यक्रममा सहभागि भई दुई वर्ष देखि सेवा लिईरहनु भएको छ । ३ हजार ५ सय रुपैयामा परिवारका पाँच जना सदस्यको एक लाख रुपैयाको स्वास्थ्य विमा गराउनु भएकी संगिता र उहाँकै दिदी सिता बुढाथोकीले विमाको सेवा […]

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य सेवा लिनै सकस

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई स्वास्थ्य उपचारमा लाग्ने खर्चमध्ये ८० प्रतिशत बेहोर्ने बताए पनि कतिपय योगदानकर्ताले वीर अस्पतालबाट त्यस्तो सुविधा नपाएको गुनासो गरेका छन् । झन्डै ४ वर्षदेखि सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका काठमाडौं, कालीमाटी बस्ने विदुर बोगटी (नाम परिवर्तन)ले वीर अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्य सेवा लिन जाँदा अस्पतालले दिनुपर्ने सुविधा नदिएको बताए ।  करीब ३ साताअघि एक्कासि छाती दुखेपछि उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पुगेको बोगटीले सुनाए । ‘छाती दुखेर दिनभर वीर अस्पतालको आकस्मिक कक्षमा रहेर एक्सरे, ईसीजी र रगत परीक्षण गर्दा कुनैमा पनि अस्पतालबाट पाउनुपर्ने छूट पाउन सकिनँ । यसबारे अस्पतालका कर्मचारीसँग बुझ्दा सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई अस्पतालले बाहिरंग सेवामा मात्रै छूट सुविधा दिँदै आएको र आकस्मिक उपचारमा त्यस्तो सुविधा नभएको जानकारी पाएँ,’ उनले आर्थिक अभियानसँग भने । तर, सामाजिक सुरक्षा कोषले आफ्नो वेबसाइटमा आकस्मिक सेवाअन्तर्गत १ आर्थिक वर्षमा अधिकतम १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना भएर गरिने उपचार खर्चमध्ये कोषबाट ८० प्रतिशत रकम भर्ना भएको अस्पतालमा सीधै भुक्तानी हुने र बाँकी २० प्रतिशत योगदानकर्ताले बेहोर्नुपर्ने उल्लेख गरेको छ । बाहिरंग सेवा लिने योगदानकर्ताका लागि १ आर्थिक वर्षमा अधिकतम २५ हजार रुपैयाँसम्मको उपचार खर्चमध्ये कोषले ८० प्रतिशत बेहोर्ने वेबसाइटमा उल्लेख छ । बाहिरंग सेवामा अस्पतालबाट सजिलै सुविधा पाइए पनि आकस्मिक सेवामा सुविधा नपाएको  बोगटी बताउँछन् । उक्त घटनाबारे अस्पतालका उपसचिव बाबुराम घिमिरेसँग जानकारी माग्दा उनले यस विषयमा अहिलेसम्म आफू अनभिज्ञ रहेको बताए । आकस्मिक उपचार सेवा निकै संवेदनशील भएकाले बिरामीले अस्पतालबाट सुविधा पाउनुपर्ने बताउँदै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले आकस्मिक सेवामा सुविधा पाउँछन् कि पाउँदैनन् भन्ने विषयमा आफूलाई जानकारी नभएको बताए । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले योगदानकर्ताले अस्पतालबाट तोकिएको सुविधा नपाए अस्पतालको बिल र आफूले काम गर्ने संस्थाको सिफारिशसहित कोषको कार्यालयमा ९० दिनभित्र माग दाबी गर्न आएमा लागत खर्चबापतको सुविधा उपलब्ध गराउन सकिने बताए । तर, बिरामी र उनीहरूका आफन्तले यस्तो प्रक्रिया झन्झटिलो भएकाले कोषको वेबसाइटमा उल्लेख भएअनुसार सीधै अस्पतालमा भुक्तानी हुने गरी सुविधा पाउनुपर्ने माग गरेका छन् । कोषले सम्झौता गरेका अस्पतालले पनि दिँदैनन् सुविधा । सामाजिक सुरक्षा कोषले हालसम्म देशभरका ८३ ओटा अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार कोषका योगदानकर्ताले ती अस्पतालबाट सोझै बाहिरंग र आकस्मिक सेवा लिन सक्ने उल्लेख छ । तर, कोषसँग सम्झौता गरेका अधिकांश अस्पतालले कोषमा योगदानकर्ता बिरामीलाई सुविधा दिँदैनन् । कोषले सम्झौता गरेका काठमाडौं उपत्यकाका ट्रमा सेन्टर, पाटन अस्पताललगायत कतिपय अस्पतालले योगदानकर्तालाई उपचार सेवामा छूट नदिएको गुनासो बढेको छ । त्यस्ता अस्पतालमा सेवा लिन जाँदा त्यहाँका कर्मचारीले उपचार सेवामा छूट दिने विषयमा कोषसँग सम्झौता नै नगरेको बताउने गरेका छन् ।

स्वास्थ्य बिमा : उपचारमा वरदान, प्रक्रिया झन्झटिलो

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिका–१३ भैंसेपाटीमा बसोबास गर्ने संगीता बुढाथोकीले सरकारले गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भई दुई वर्षदेखि सेवा लिइरहनुभएको छ । तीन हजार ५ सय रुपैँयामा परिवारका पाँच जना सदस्यको एक लाख रुपैंयाको स्वास्थ्य बिमा गराउनुभएकी संगीता र उहाँकै दिदी सीता बुढाथोकीले बिमाको सेवा लिइरहनुभएको छ । ‘बिमा गराएर खुसी मात्रै होइन […]