बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरु भएको छ। यसअघि भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुरु भएको हो। यो वर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन्। केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने बाँकी ठाउँमा सोमबार गौरा पर्व शुरु भएको हो।पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वर