सांसद नेम्बाङ एक्कासि बिरामी परेपछि उपचार हुँदै

ताप्लेजुङ : प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ। उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो।नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन्।सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए। जिल्ला अस्पतालले उनलाई उपचारका लागि  सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए।पाँचथरबाट निर्वाचित स

सम्बन्धित सामग्री

एमाले सांसद नेम्वाङ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर दुर्घटनाबाट स्वास्थ्य लाभ गर्दै उनी करिब डेढ महिनापछि आज मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएका हुन् । एमाले ताप्लेजुङ इन्चार्जसमेत रहेका नेम्वाङ जिल्ला कमिटी बैठकमा सहभागी हुन गएको बेला अचानक बिरामी परेका थिए । ताप्लेजुङमा प्राथमिक उपचार गरेर हेलिकोप्टरमार्फत […]