दुग्ध उत्पादन बढाउन भैंसीपालक किसानलाई अनुदान

गोरखाको पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन ५ भैंसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिका भित्रका छनोटमा परेका समूहका ४८ किसानलाई १५ लाख ६० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिए । ‘सबै किसानले गोठमा भैंसी ल्याएपछि प्रत्येकलाई खरिदबापत ३० हजार रुपैयाँ तथा ढुवानीबापत २ हजार ५०० अनुदान रकम उपलब्ध गराइएको हो,’ उनले भने, ‘संघीय सरकारको सशर्त कार्य...

सम्बन्धित सामग्री

दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी । नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरूप गत आर्थिक वर्षमा २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो ।      दूधको उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने गर्ने उद्देश्यले दूधमा प्रतिलिटर १ रुपैयाँ २५ पैसाका दरले अनुदान प्रदान गरिँदै आएको नगरपालिकाका कृषि तथा पशु विकास शाखा प्रमुख डा. टेकराज पौडेलले बताए । जनकल्याण दुग्ध विकास सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था र एकीकृत दुग्ध विकास सहकारी संस्थामार्फत नगरपालिकाभित्रका १ हजार ५०० दूध उत्पादक किसानलाई २२ लाख ५४ हजार ३१५ लिटर दूधको १ रुपैयाँ २५ पैसाका दरले गत आवमा अनुदान प्रदान गरिएको उनको भनाइ थियो ।      कावासोती कृषिका लागि उर्वर क्षेत्र भएकाले त्यहाँ लगानी बढाउनुका साथै माछापालन, मौरीपालन र धानखेती गर्ने किसानलाई समेत अनुदान प्रदान गरिएको नगर उपप्रमुख पे्रमशंकर मर्दनिया थारूले बताए । नगरभित्रका विभिन्न वडालाई माछा, मौरी, धान, दूधको पकेटक्षेत्र निर्धारण गरी उत्पादन बढाउन अनुदान दिनुका साथै गतवर्ष धानखेती गर्ने २ हजार ५०० किसानलाई बीउमा समेत अनुदान प्रदान गरिएको उनको भनाइ थियो । रासस