राजनीति सम्भावनै सम्भावनाको खेल हो भन्ने आफ्नो बहुचर्चित भनाइलाई पुनःपुष्टि गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक नेपालको ४४ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् ।
भर्खरै सम्पन्न विश्वकप फुटबलको फाइनल खेललाई नै माथ दिने गरी नेपाली राजनीतिको रङ्गमञ्चमा रोमाञ्चक परिघटना बन्न पुग्यो पुस १० गते । त्यो दिन यू टर्न हुँदै प्रचण्ड देउवालाई गुडबाई गर्दै केपी ओलीको झोली समाउन पुगे ।
नेपालका राजनीतिक दलहरूले चालेका पछिल्ला आकस्मिक कदमले राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई प्रतिगमन करार गर्दै “संविधानको रक्षा, स्थिरता र समृद्धिका...