मायासँगै अवसरको खाँचो

डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।...

सम्बन्धित सामग्री

मायासँगै अवसरको खाँचो

समाजमा अझै पनि बौद्धिक अपांगता भएका व्यक्तिले के नै गर्न सक्छन् र भन्ने हेयको दृष्टि कायमै छ । तर परिवारको साथ र सहयोगसँगै अवसर पाएमा उनीहरू पनि आफ्नै खुट्टामा उभिन सक्छन् है भन्ने उदाहरण बनेका छन्, भैसैँपाटीका २३ वर्षीय प्रितम विक । उनी विगत दुई वर्षदेखि भैसैँपाटीकै ‘सेकुवा बगान’ रेष्टुराँमा हाउसकिपर र वेटरका रुपमा कार्यरत छन् ।