गठ्ठाघरमा स्कुटर दुर्घटना हुँदा किशोरीको मृत्यु

भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् । मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

दुर्घटनामा किशोरीको मृत्यु

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ९ः१५ बजेतिर इटहरी १७ स्थित सिप्रदीनजिकै मे११प ३५३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा इटहरी–७ की २० वर्षीया एलिसा मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राति नै विराट […] The post दुर्घटनामा किशोरीको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....