चीनसँगको सीमामा खटिएका भारतीय सैनिकहरूलाई अमेरिकामा बनेको खतरनाक सिग सावर ७१६ असल्ट राइफल तथा स्विस एमपी–९ पिस्तोल उपलब्ध गराइएको छ ।
वास्तविक नियन्त्रण रेखाका उचाइमा तैनाथ गरिएका भारतीय सैनिकहरूलाई उपलब्ध गराएको अमेरिकी राइफलको ५०० मिटरको दायरा छ । पहाडमा गरिने युद्धका लागि यो प्रभावकारी हतियार हो ।
चीनसँग सीमाविवाद चर्किएपछि भारतीय सेनाले लगभग डेढ लाख यस्ता किसिमका राइफलहरू किनेको हो ।
यी राइफल दुवै हातले चलाउन मिल्ने किसिमका छन् र सैनिकहरूलाई राइफल चलाउन सहज हुनेछ, अधिका...