काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेको आरोप लगाउँदै नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाललाई अन्तिममा त्यागेका एमाले दोस्रो तहका नेताहरु नेपालका लागि नै चुनौती बन्ने संकेत देखिएको छ। एमाले दुई कित्तामा विभाजित हुँदा ‘नेपालसहितको पार्टी एकता’ एक मात्रै शर्त भएको सार्वजनिकरुपमै दोहोर्याउँदै हिँडेका, नेपाललाई प्रतिनिधित्व गर्दै ओली पक्षसँग वार्ता गरेका तर अन्तिम […]