तीन वर्षपछि बल्ल होङ्शी सिमेन्टमा बिजुली

माग गरेको तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ ।उद्योग सञ्चालनका लागि ५० मेगावाट बिजुली आवश्यक रहेकोमा बल्ल ३० मेगावाट पुगेको हो । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबार रातीबाट विद्युत आपूर्ति दिएको जनाएको छ […]

सम्बन्धित सामग्री

होङ्शी सिमेन्टले पायाे मागेजति बिजुली

नवलपरासी – चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा रहेकाे सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई हिजाे शनिवारदेखि बिजुली आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेशन हिजाे राति ९ बजे चार्ज गरी उद्योगलाई बिजुली दिइएको हो ।नेपाल विद्युत् प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, ...