नेपाल ल्याउने सामान बोकेका २ हजार कन्टेनर विशाखपटनममै अड्किए

तेस्रो मुलुकबाट भारत हुँदै नेपालतर्फ आयात गरिएका सामान बोकेका २ हजारभन्दा बढी कन्टेनर भारतको आन्द्र प्रदेशस्थित विशाखपटनम बन्दरगाहमै अड्किएका छन् । तेस्रो मुलुकबाट मगाइएका सामान ‘लोड’ गरिएका कन्टेनर विशाखपटनम बन्दरगाहमा अड्किएका हुन् ।फ्रेट (freight) फरवाडर्स एसोसिएशनका अनुसार भारतको विशाखपटनम बन्दरगाहमा २ हजारभन्दा बढी कन्टेनर अड्किएका छन् । एसोसिएशनका अध्यक्ष मनोज अधिकारीले भारतीय रेलले ढिला गरिदिँदा नेपाली व्यापारीले मगाएको सामान बन्दरगाहमै रोकिएको बताए ।‘नेपाली व्यापारीले त

सम्बन्धित सामग्री

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

उत्तरी सीमामा अड्किए ११ सय कन्टेनर

सिन्धुपाल्चोक । नेपाल सरकारको उदासीनताका कारण यस वर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ताकपडालगायत सामान महँगिने भएको छ । चाडपर्वका लागि चीनको क्वान्चाउलगायत क्षेत्रबाट किनिएको सामान २ हप्तादेखि सिगात्से, न्यालममा थुप्रिएका छन् । ल्हासा पार गरेका करीब ११ सय कन्टेनर चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न पार्किङ क्षेत्रमा छन् भने नेपालतर्पmको भन्सार नाका सुनसान छ । झिकाएका अर्बौंको सामान बोकेका कन्टेनरले पालो पर्खिएर बसिरहेका छन् । तर, चिनियाँ अधिकारीहरूले खटाइखटाई कन्टेनर पठाउने गरेको र नेपाली आयातकर्ताले दशैंका लागि मगाएको मालसामान दशैंमा बेच्न पाउने सम्भावना टर्दै गएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘११ सयभन्दा बढी कन्टेनर खासा, न्यालम, सिगात्से क्षेत्रमा रोकिएका छन्,’ श्रेष्ठले भने । गएको बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान आयात हुने गरेको तातोपानी भन्सार प्रमुख नारद गौतमले बताए । ‘तिब्बतको ल्हासाका लागि नेपालका महावाणिज्यदूत नवराज ढकालसँगको बैठकमा तिब्बतका अधिकारीहरूले दैनिक २० ओटा कन्टेनर सामान पठाउन सहमति गरे पनि त्यो अनुपातमा भित्रिएका छैनन्,’ गौतमले भने, ‘अहिले दैनिक ८÷९ कन्टेनर सामान आइरहेको छ, त्यो पनि १ वर्ष अगाडि मगाएको सामानमात्र हो ।’ अहिलेसम्म दशैं र तिहारलक्षित सामान नआएको उनले बताए । ‘कृषि, स्वास्थ्यका सामग्रीमात्रै भित्रिएका छन्,’ उनले भने । ल्हासास्थित महावाणिज्य दूतावासमा वाणिज्यसम्बद्ध चिनियाँ अधिकारीसँग बैठकमा महावाणिज्यदूत नवराज ढकालले दशैंतिहारका लागि आएका सामान चिनियाँ क्षेत्रमै अड्किएकाले आयातको आयतन बढाउन चिनियाँ पक्षलाई आग्रह गरेका थिए । ‘चिनियाँ पक्षले दुवै नाकाबाट कार्गो बढाउने वचन दिएको छ । तर, व्यवहारमा नआएसम्म यसै भन्ने अवस्था छैन,’ महावाणिज्यदूत ढकालको भनाइ उद्धृत गर्दै तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने । चिनियाँ पक्षले दिएको हैरानीले नेपाली व्यापारीको गुनासो बढ्दै गएको उनले बताए । चिनियाँ शहरबाट किनेको बढीमा २० दिनभित्र काठमाडौं भित्र्याउने योजनासहित व्यापारीले ‘वी च्याट’ प्रयोग गरेर दशैंलक्षित सामान अर्डर गरेका थिए । ‘दशैंतिहारका सबै सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले भने, ‘यही अवस्था रहने हो भने १ महीनामा पनि ती सामान काठमाडौं आइपुग्ने अवस्था छैन ।’ कर्जाको ब्याज, डबल गोदाम भाडा र उसै खेर गएको अमूल्य समयको कारण व्यापारी मारमा परेको उनले बताए । नाकासम्मको सडक पहुँच वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा नपर्दा समस्या परेको बस्नेतले बताए । स्थलमार्गबाट सामान ल्याउने वातावरण बिग्रेपछि व्यवसायीहरू आयातका लागि भारतीय नाकामा निर्भर हुन थालेको र नाका सहज बनाउन माग गर्दै पटकपटक प्रधानमन्त्री, मन्त्री र कर्मचारीलाई ज्ञापनपत्र र बुझाए पनि सुनुवाइ नभएको उनको भनाइ छ । ‘हामीले नाकालाई सहजरूपमा सुचारु गराउन सरकारका उच्च निकायलाई अनुरोध गरिरहेकै छौं तर उहाँहरूले चासो देखाउनुभएको छैन,’ बस्नेतले भने । ‘दशैंका किनेको सामग्री दशैंपछि आउँदा विक्री नभई गोदाममै थन्किन्छन्, त्यसको मार व्यापारीले खेप्नुपर्छ’, व्यापारी कुमार पौडेलले भने, ‘यो वर्ष गोदाममा रहेका पुरानै सामग्रीले दशैं चलाउनुपर्ने देखिएको छ ।’ कोरोना महामारीका कारण नेपाली पक्ष चिनियाँ क्षेत्रमा जान निषेध छ । विश्वासको आधारमा चिनियाँ पक्षसँग सामग्री अर्डर गरेर सहजरूपमा सिगात्से आएका सामग्री स्थानीय ट्रान्सपोर्ट कम्पनीको एकाधिकार र सरकारी उदासीनताका कारण क्यारिङ गर्न कठिन भएको उनले बताए । तातोपानी भन्सार नाकाको कारोबार २०७२ सालको विनाशकारी भूकम्पपछि निरन्तर प्रभावित बन्दै आएको छ । नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ जस्तै भएको छ । अहिले सामान आयात निर्यातमा समस्या भएकाले बहुसंख्यक नेपाली व्यापारी पलायन हुन बाध्य भएको सीमाक्षेत्र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किए १०० कन्टेनर केराउ

वीरगञ्ज । प्रक्रियागत अन्योलका कारण तेस्रो मुलुकबाट आयात गरिएको १०० कन्टेनरभन्दा बढी केराउ वीरगञ्ज सुक्खा बन्दरगाहमा अड्किएको छ । आयातकर्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट कोटा लिएर मगाएको केराउ बन्दरगाहमा रोकिएको हो ।  वाणिज्य विभागले आयातकर्तालाई लेखेको पत्रले भन्सार जाँचपास गर्ने/नगर्ने अन्योल भएको बन्दरगाह भन्सारले बताएको छ । आयातकर्ताले अमेरिका र क्यानडालगायत देशबाट भिœयाएको केराउ बन्दरगाह भन्सारले रोकेको छ ।  विभागले गत आर्थिक वर्ष २०७७/७८ का लागि केराउ, सुपारी, छोकडा र मरीच आयातको कोटा बाँडेको थियो । गत जेठ २४ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तालाई सूचना गरेको थियो ।  सूचनामा कोटा पाएका आयातकर्ताले असार मसान्तभित्र सिपमेन्ट भइसकेको कागजात पेश गर्नुपर्ने भएको थियो । मसान्तभित्र सिपमेन्टको प्रमाण पेश नगरे कोटा स्वतः बदर हुने सूचनामा उल्लेख छ ।  विभागले सूचनाको बोधार्थ भन्सार विभागलाई समेत दिएको थियो । यही पत्रका आधारमा भन्सारले जाँचपास रोकेको हो । भन्सारका सूचना अधिकारी चूडामणि कट्टेलले सिपमेन्टबारेमा निश्चित नभएकाले जाँचपास गर्न नसकिएको बताए ।  जाँचपासका लागि आइतवार १०० ओटाजति कन्टेनरको कागजात पेश भएको कट्टेलले बताए । ती कन्टेनरको बन्दरगाहमा आइसके पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पत्रले अन्योल भएको उनको भनाइ छ । ‘वाणिज्यले असार मसान्तभित्र सिपमेन्टको कागजपत्र पेश भएकाको भएमात्रै आयात गर्न पाइने भनेकाले सिपमेन्टबारेमा निश्चित नभएसम्म जाँचपास गर्न सकिएन,’ कट्टेलले अािर्थक अभियानसित भने ।  यसबारेमा भन्सार विभागलाई जानकारी गराइसकिएको र वाणिज्यमा पनि सोधिएकाले प्रक्रिया पुर्‍याएर चाँडै नै जाँचपास हुने कट्टेलको भनाइ छ । बन्दरगाह भन्सारका अधिकारीहरूले अन्य नाकामा सम्पर्क गरेर यसबारे जानकारी आदानप्रदान मागेका छन् ।  विराटनगर भन्सारमा कोटामा आएको सुपारी यस्तै प्रक्रियागत द्विविधाका कारण रोकिएको जानकारी पाएको पनि कट्टेलले बताए । सरकारले गत आर्थिक वर्षमा केराउको ८० हजार मेट्रिक टन कोटा दिएको थियो ।  कोटा वितरणमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिले चासो राखेपछि स्थगित भएको थियो । स्थगन हुनुअघि बाँडिएको कोटामा अहिले यस्ता वस्तुको आयात भइरहेको छ । वितरित कोटामध्ये आधाजति परिमाण आयात भइसकेको अनुमान आयातकर्ता ओमप्रकाश मोरको छ । आधाजति अझै आउन बाँकी रहेको उनले बताए । ‘असार ३१ मा मात्रै ४२७ कन्टेनर केराउ सिपमेन्ट भएको छ । बाटोमा अहिले पनि १५ सयजति कन्टेनर होलान्,’ उनले भने ।

वीरगन्ज सुक्खा बन्दरगाहमा अड्किए १७ सयभन्दा बढी खाली कन्टेनर

वीरगन्ज सुक्खा बन्दरगाहमा १७ सयभन्दा बढी खाली कन्टेनर अलपत्र परेका छन् । लकडाउनको अवधिमा विभिन्न मुलुकबाट

केरुङमा ५ महिनादेखि अड्किए २ सय कन्टेनर, व्यवसायी निराश

कोरोनाका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ नाकामा ५ महिनादेखि २ सयभन्दा बढी कन्टेनर थन्किएका

भारततर्फको आयात–निर्यात अस्तव्यस्त - Naya Patrika

१३ सय कन्टेनर कोलकातामा अड्किए, जोगबानी नाकाको पुल अवरुद्ध, भैरहवामा ठूलो जाम – भारत र भारत हुँदै तेस्रो मुलुकतर्फ हुने नेपालको आयात–निर्यात व्यापार अहिले अस्तव्यस्त भएको छ । भारतको बन्दरगाह...पूरा पढ्नुहोस् »