लगानी र व्यावसायिक वातावरण भएको नगरमा बुटवल पहिलो

लगानी र व्यावसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगर पहिलो भएको छ । व्यावसायिक वातावरण सूचकमा मुलुकभरका नगरलाई उछिन्दै बुटवललाई उत्कृष्ट स्थान प्राप्त भएको हो ।  जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरूमार्फत मुलुकका ११ वटा नगरपालिकाको सर्वेक्षण गरेको थियो । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका ११ वटा नगरलाई छनौट गरी त्यहाँको लगानीको अवस्था, वातावरण र व्यवसायको क्षेत्रका बारेमा सूचक बनाएर सर्वेक्षण गरिएको जीआईजेडका नेशनल टिम लिडर दिप्ती खकुरेलले बताइन् ।&nb...