रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्लाका अधिकांश स्थानीयको मुख्य आम्दानीको स्रोतका रुपमा रुद्राक्षलाई लिइन्छ । रुद्राक्षको मूल्यमा गिरावट आउनुमा यसको उत्पादन राम्रो …