सन्दीप र करण चम्किँदा ओमान १२१ रनमा आउट

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।घरेलु मैदान अल अमिरातमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध नेपाली बलर चम्किएपछि जितका लागि सामान्य लक्ष्य पाएको हो। ओमानले ३७ ओभरमा अलआउट हुँदै १ सय २१ रनमात्र बनाउन सक्यो। ओमानका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाए।यस्तै ओपनर जतिन्दर सिंहले १३, नसिम खुशी १२, सन्दीप गोउड ८ रनमा पेभेलिएन फर्किए। नेपालका करन केसी र सन्