सहमहामन्त्री आदिवासी जनजातितर्फ देउवा समूहका भीष्मराजले मतान्तर बढाउँदै

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले ८५८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ३५२ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।