कैलाली : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। बुधवार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो। आर्मीले एपीएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले ८० हजार हात पारेको छ। तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४०\४० हजार रुपैयाँ प्राप्त गरेका छन्।