जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ वटा अक्सिजन सिलिन्डर संकलन गरेर जिल्ला अस्पताल दोलखालाई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरमा अक्सिजन अभावका कारणले मानिसहरुको मृत्यु हुन थालेपछि प्रहरीले जिल्ला भरमा २७ वटा भरिएका र ३१ वटा खाली गरि ५८ वटा सिलिन्डर संकलन गरेर जिल्ला अस्पताललाई हस्तान्तरण जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रभागमा रहेर कोरोना बिरुद्धको लडाईमा छन । आफ्नो र प...