अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली कृत्रिम बौद्धिकता (एआई) को व्यापकता विकास तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।
सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका सह–संस्थापक स्टिभ वोज्नियाकसहित एक हजारभन्दा धेरैले हस्ताक्षर गरेको खुला पत्रमा एआईको व्यापकता रोक्न आग्रह गरिएको हो ।
‘ओपन एआई’ कम्पनीका अनुसार यसको पछिल्लो मोडेल च्याट जीपीटीलाई पावर गर्न प्रयोग गरिएको अघिल्लो संस्करणको तुलनामा धेरै शक्तिशाली छ । स्वचालित कार्यक्रम ‘बोट’ ले सामान्य तथा संक्...