नेकपा एमालेको संकल्प यात्रा बिहीबार कास्की आइपुग्ने

पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीसहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ । २१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ […]

सम्बन्धित सामग्री

ओली र गगनको अभियान जनता झुक्याउने खेलमात्रैः प्रभु साह

काठमाडौं, १३ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशको बागडोर सम्हालेका नेकपा (एमाले) र नेपाली कांग्रेसले विभिन्न अभियानको नाममा जनता झुक्याउने काम गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाले जनतालाई गुमराहमा राख्न संकल्प यात्रा, संवाद यात्रा, मेची महाकाली अभियान लगायतका विभिन्न नाम दिएर […]

सकियो एमालेको संकल्प यात्रा, ओलीले चिवाभञ्ज्याङमा फहराए राष्ट्रिय झण्डा

काठमाडौं, १ पुस । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ समापन भएको छ । आज (आईतबार) चिवाभञ्ज्याङ पुगेर अध्यक्ष केपी शर्मा ओलीले सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा फहराएसँगै संकल्प यात्रा समापन भएको हो । एमालेको संकल्प यात्रा गत संसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको थियो । यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू […]

एमालेको संकल्प यात्रा चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर आज सकिँदै

काठमाडौं, पुस १ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) मंसिर १४ गतेदेखि सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज समापन हुँदैछ । सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा आज चिवाभञ्ज्याङ पुगेर समापन हुन लागेको हो । ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ नाम दिएको एमालेको यात्रा आइतबार पाँचथरको चिवाभञ्याङमा राष्ट्रिय झन्डा फहराएर समापन गर्ने […]

‘एमाले भित्रबाट भ्रष्टाचार भए सरकारले छानबिन गर्नुपर्छ’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्य पहाडी लोकमार्गको संकल्प यात्रामा छ। समृद्धिका लागि संकल्प यात्रा नाम दिएर एमाले अध्यक्ष केपी ओलीको अगुवाइमा चलिराखेको अभियान २६ जिल्लामा केन्द्रित छ। एमालेको यो यात्रालाई आगामी चुनावको तयारीका रुपमासमेत हेरिएको छ। एमालेले स्पष्ट रूपमा जनतालाई २०८४ सालको चुनावमा केन्द्रित भएर लाग्न आह्वान गरेको छ। नेकपा कालको बहुमत […]

देशमा सरकार छैन : ओली

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बिहीबार कास्की प्रवेश गरेको छ । बिहीबार बिहान बागलुङको गलकोटबाट सुरु यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वतको कुस्मामा आमसभा गरी साँझ कास्की प्रवेश गरेको हो । पर्वत र कास्कीको सिमाना नयाँपुलमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई फूलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरियो […] The post देशमा सरकार छैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले मध्यपहाडको समृद्धिमा केन्द्रित भएको देखियोः प्रकाण्ड

सिमकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड)ले नेकपा (एमाले)ले आफूलाई अब मध्यपहाडको विकास र समृद्धिमा केन्द्रित भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को पछिपछि मध्यपहाडि लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुगेका प्रकाण्डले यस्तो बताएका हुन्। ‘एमालेले जो अभियान चलाएको छ। यसले सामाजिक, […]

राकम कर्णालीबाट ओलीले भने– प्रतिगमनका दीवास्वप्न देख्नु देशद्रोह हो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा प्रतिगमनका कुरा गर्ने र परिवर्तनलाई समस्या भयो भन्ने व्यक्तिहरु सबै देशद्रोही भएको टिप्पणी गरेका छन्। पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को चौथो दिन...

बैतडीबाट सुरु हुँदै एमालेको संकल्प यात्रा ओलीले उद्घाटन गर्ने

बैतडी : नेकपा एमालेको  ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ यही मङ्सिर १४ गतेदेखि शुभारम्भ हुने भएको छ। यात्राको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको  नेकपा एमाले बैतडीका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन  गरेर शुभारम्भ गर्ने कार्यक्रम छ। नेकपा एमाले बैतडीले जिल्लाको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्ध

एमालेको मध्यपहाडी संकल्पयात्रा झुलाघाटबाट सुरु हुने

नेकपा (एमाले)ले बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा गर्ने भएको छ। पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १४ गते बैतडीको झुलाघाट आएर यात्राको सुरुवात गर्ने कार्यक्रम तय भएको...