काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सामग्री बोकेर सम्बन्धित स्थानतर्फ कर्मचारीहरू पुग्ने क्रम जारी छ।मंगलबार बेलुकासम्म मतपत्रसहितका सामग्री सम्बन्धित क्षेत्रमा पुर्याउने तयारी निर्वाचन आयोगले गरेको छ। मतदान स्थलमा निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्दैछन्। निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी कर्मचारी खटा