दुबईमा उद्यम खडा गरेका पुडासैनीले गरे प्रधानमन्त्री उद्धार कोषमा ५१ लाख ५१ हजार सहयोग

दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। दुबईस्थित हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनी आफैं नेपाल आएर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि उक्त रकम हस्तान्तरण गरेका हुन्। उनले आफ्ना बुबा गोपीप्रसाद पुडासैनीको उपस्थितिमा अर्थमन्त्री […]