चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठक पदाधिकारीको संख्या थप्ने निर्णय गर्दै सकिएको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत पारित गरेको हो।बैठकपछि समितिले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरे। भट्टराईका अनुसार अब केन्द्रीय कमिटीमा ७५ जना थपिएर ३०१ सदस्यीय हुनेछ। हाल केन्द्रीय सम