सभामुखको निष्पक्षतामाथि उठ्यो प्रश्न, एमालेतिर ढल्किएको आरोप

एमालेले भनेजस्तो भाष्य स्थापित गर्न खोजिएको भन्दै रास्वपा र राप्रपाले सभामुखको भूमिकामा असन्तुष्टि जनाएका थिए । सभामुख घिमिरेमा आफू जन्मेको र हुर्किएको पार्टीप्रति लगाव देखिएको सत्तारुढ दलका सांसद बताउँछन् ।