जनकपुरधाम : धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।प्रदेश–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार भएर गईरहेको अवस्थामा मंगलबार राति धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित नहरचोकमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट कालो रंगको झोलामा स्रोत नखुलेको २० लाख रुपै