चिनियाँ उपप्रधानमन्त्री र अमेरिकी अर्थमन्त्रीबीच वार्ता

एजेन्सी। चिनियाँ उपप्रधानमन्त्री लिउ हे र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलोपटक बुधबार भिडियो संवाद भएको छ। चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ र येलेनबीच आर्थिक स्थिति तथा द्वीपक्षीय सहयोगबारे छलफल भएको हो। दुई देशबीच डोनाल्ड ट्रम्पको पालामा व्यापारयुद्ध चलेको थियो। त्यो युद्ध कहिले समाप्त हुन्छ भन्नेबारे केही खुलाइएको छैन।जो बाइडेन सत्तामा आएपछि सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।