सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान ६ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो ।यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न