संरक्षणकर्मीद्वारा बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग

बर्दिया - बर्दिया  वन्यजन्तु संरक्षणकर्मीहरुले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको राजमार्गमा वन्यजन्तुमैत्री सडक बनाउन माग गरेका छन् । पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तललगायतका वन्यजन्तुहरुको ओहोरदोहोर भइरहने जङ्गलभित्रको सडकमा मानिस र वन्यजन्तु दुवैलाई समस्या भएको भन्दै संरक्षणकर्मीहरुले वन्यजन्तुमैत्री सडक निर्माणको माग गरेका ह...

सम्बन्धित सामग्री

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जङ्गली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने […]

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुईपाङ्ग्रे सवारी सधान सञ्चालन रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।  सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । यसैबीच आइतबार दुई जनाको मृत्यु भएसँगै मृतकका आफन्तले सोमबार बिहान ११ बजेदेखि अवरुद्ध गरेको कोहलपुर–सुर्खेत (रत्नराजमार्ग) सडक झण्डै ६ घण्टापछि खुलेक

बाघ हब बन्दै बर्दिया राष्ट्रिय निकुञ्ज

पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज बाघका लागि हब बन्न थालेको छ । संख्यात्मक रूपमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि बर्दियामा वृद्धिदर उच्च छ । चार वर्षमा चितवनमा ३५ बाघ...

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने...

बर्दिया निकुञ्जमा बाघ हेर्ने पर्यटकको घुइँचो

बर्दिया – अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी […]

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् ।मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो याममा पर्यटकको इच्छा पूरा हुन्छ”

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला

बर्दिया : कोरोना महामारीको दोस्रो लहर बढेपछि गत वैशाखदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुुञ्ज करिब पाँच महिनापछि पर्यटकका लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि आजदेखि प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए। दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए।निकुञ्जभित्र हुने हात्ती सफारी, भने अहिले खुला गरिएको छैन। जिप सफारी र जंगल वाक, ¥य

पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवारदेखि खुला

भदौ ३१, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवारदेखि खुल्ने भएको छ ।  स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।  जंगल वाक,  र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतीक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्ने लगायत मापदण्ड बनाइएको श्रेष्ठले बताए । रासस

बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै

बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमवार राजापुर नगरपालिका १० बस्ने ६५ का लालबहादुर थारुको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवक्री क्षेत्र गेरुवा गाउँपालिका ६ नौरंगापुरमा भैसी चराउन गएका थारुलाई बाघले आक्रमण गरेको थियो । हात्तीको सहायताले खोजी गर्दा शव फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाघको आक्रमणबाट बर्दियामा एक वर्षमा सात जनाले ज्यान गुमाएका छन् ।