बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र

सुनसरी । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको भनाइ छ । […]