ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ८, मार्तडीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सो नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटिएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेव