नयाँ संसद्‌ भवन निर्माण पूरा भएन, भाडाकै भवनमा बैठक तयारी

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले भाडाकै भवनमा शपथ लिने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सरकारले भाडामा लिएर २०६५ सालदेखि संसद् भवनका रूपमा प्रयोग गरिरहेको छ । सम्मेलन केन्द्रलाई यसअघिकै प्रतिनिधिसभाको कार्यकालमा सिंहदरबार सार्ने गरी संसद् भवन निर्माण सुरु गरिए पनि यो कार्यकालको सुरुवात नयाँ भवनबाट नहुने भएको हो ।

सम्बन्धित सामग्री

यस्तो बन्दैछ दिल्लीमा भारतको नयाँ संसद्‌ भवन - BBC News नेपाली

राजधानी दिल्लीको मुटुमा टाटा प्रोजेक्ट्सले ११ करोड ७० लाख अमेरिकी डलरको लागतमा नयाँ संसद्‌ भवन निर्माण गर्नेछ।