भरतपुर नै चाहिन्छ, रेनु नै हुनुपर्छ भनेका छैनौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले भरतपुर महानगरपालिका नै चाहिने अडान गठबन्धनमा नराखेका बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, 'भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा