१८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी

मुलुकमा १८.७ प्रतिशत नागरिक गरिबीका रेखामुनी रहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र सार्वजनिक गर्दै मंगलवार कोरोना महामारीपछि गरिबी र बेरोजगारीको संख्या थप बढ्ने देखिएको बताएका हुन् ।  उनका अनुसार, पछिल्लो समय आर्थिक असमानता बढ्दै गएको छ ।  आर्थिक वृद्धिबाट प्राप्त लाभहरू समेत तल्लो तहमा पुग्न नसकेको उनले बताएका छन् ।   

सम्बन्धित सामग्री

३७ प्रतिशत नागरिक बीमामा आवद्ध

गोरखामा स्वास्थ्य बीमा शुरु भएको ६ वर्षको अवधिमा करिब ३७ प्रतिशत नागरिकले बीमा गराएका छन् । २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको थियो । हालसम्म जिल्लाको कुल जनसंख्याको ३७.२० प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् । जिल्लाको पछिल्लो जनसंख्या २ लाख ५२ हजार २०१ रहेकोमा बीमा गराउनेको संख्या भने ९३ हजार […]

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

कर्णालीका ७३ प्रतिशत नागरिक कृषिमै निर्भर

मुलुकका सात प्रदेशमध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका नागरिक कृषि पेशामा निर्भर रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कर्णालीका ७३.७ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेको देखाएको छ । कर्णालीको कुल जनसंख्याको ७३ दशमलव ७ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको पाइएको छ । कर्णालीको कुल जनसंख्याको सबैभन्दा धेरै कृषि, वन तथा […]

बीमाको दायरामा ४४.५५ प्रतिशत नागरिक

२२ वैशाख, काठमाडौं । नेपालमा ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । बीमा प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ४४.५५ प्रतिशत नागरिक बीमाको दायरामा आएको जनाएको छ । गत आव २०७८/७९ को सोही अवधिमा ३७.३५ प्रतिशत नागरिक बीमाको दायरामा रहेकोमा एक वर्षमा ७ प्रतिशत […]

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ । परिवार नियोजनका साधनको प्रयोग दर भने ४७ प्रतिशत रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले नेपालमा छ दशक अघिदेखि परिवार नियोजनसम्बन्धी कार्यक्रमको व्यवस्थित कार्यान्वयनको सुरुआत भए पनि यसको पहुँच र प्रयोग बढ्न नसकेको बताइन्। “कर्णालीमा ९० प्रतिशत नागरिकमा परिवार नियोजनका साधनबारे ज्ञान छ, तर पहुँच र प्रयोग दर कम छ”, उनले भनिन्, “अझै कतिपय नागरिक परिवार

नागरिक लगानी कोषले ३० प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। कोषको शनिबार बेलुका बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।समितिले सेयरधनी लगानीकर्ताहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। उक्त लाभांश भने कोषको आगामी साधारणसभामार्फत पारित भएसँगै अर्थ मन्त्रालयको स्वीकृति पश्चात् वितरण हुनेछ। लाभांश वितरण पश्चात कोषको चुक्तापूँजी ४ अर्ब २५ करोड पुग्नेछ। हाल कोषको

कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् । मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए । प्रदेश योजना आयोगले आव २०८०/८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५÷७६ देखि विभिन्न कार्यक्रम

नागरिक लगानी कोषले नौ प्रतिशत बोनस सेयर दिने

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको २६औं वार्षिक साधारणभाले ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी बाँडफाँट हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांस स्वीकृत कोषले जनाएको छ । त्यसैगरी आर्थिक […]

कर्णालीका ६७ प्रतिशत नागरिक अन्धकारमा

विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमै बस्न बाध्य छन् । साढे १७ लाख जनसंख्या रहेको कर्णालीमा अहिलेसम्म करिब ३३ प्रतिशत अर्थात् ५ लाख ६१ हजार नागरिकमात्रै विद्युत्को पहुँचमा पुगेका छन् । ११ लाख ३९ हजार अर्थात् ६७ प्रतिशत नागरिक अहिले पनि टुकी र दियालोकै भरमा […]