शिक्षाको परिभाषा प्राच्य परम्परामा शिक्षा भन्नाले धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थप्रति सन्तुलित दृष्टि राखी जीवनयापन गर्दै आफ्नो निर्बाध र सर्वाङ्गीण विकास गर्न अवलम्बन गरिने एउटा महत्त्वपूर्ण प्रक्रिया भन्ने बुझिन्छ । ऋषि–मनीषीहरूबाट आविष्कृत तथा विकसित यस शिक्षाप्रक्रियाले मनुष्यमा रहने इर्ष्या, द्वेष, काम, क्रोध, लोभ, मोह इत्यादि दुर्गुण हटाई उसमा विद्या, सत्य, न्यायप्रेम, दक्षता, शिल्प […]