काठमाण्डाै – कोरोना महामारीका कारणका बुवाआमा गुमाएका बालबालिकालाई मासिक भत्ता दिनको लागि काठमाण्डौ महानगरपालिकाले विवरण माग गरेको छ ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको आमाबुवा दुवै गुमाएका बालबालिकालाई मासिक तीन हजार रुपैयाँका दरले मासिक भत्ता दिने निर्णय कार्यान्वयनको लागि काठमाण्डौ महानगरपालिकाले वडा कार्यालयहरुबाट विवरण माग गरेको हो । महानगरपालिकाले विवरण भर्नुपर्ने ढाँचा पनि पठाएको छ ।
विवरणमा बालबालिकाको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र, बुवा आमा दुवैको मृत्युदर्ता...