काठमाडौँ : मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेतृत्व गरेको एक वर्ष पूरा भएको छ। तेस्रोपटक सरकारको नेतृत्व गरेका प्रचण्ड यति लामो समय प्रधानमन्त्री पहिलोपटक बनेका हुन्। यसअघि प्रधानमन्त्रीको रूपमा उनको सबैभन्दा लामो कार्यकाल ९ महिनासम्मको मात्रै थियो। सरकारको नेतृत्व सम्हाल्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा शान्ति सम्झौतालाई टुंगोमा पुर्याउने कार्य सबैभन्दा प्राथमिकतामा रहेको बताएका थिए। जसले अहिलेसम्म कुनै निकास पाउन सकेको छैन