स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन अब दर्ता सहयोगीकहाँ पुग्नुपर्ने बाध्यता हटेको छ। स्वास्थ्य बिमा बोर्डले नयाँ आबद्धता, बिमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी अपडेट) लगायतका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था सुरु गरेको छ। बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार यसअघि सर्वसाधारणले स्वास्थ्य बिमामा आबद्ध हुन दर्ता सहयोगीमार्फत प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो। शुक्रबारदेखि सुरु […]