कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउन सरकार पुनर्गठन गरेको आरोप लगाएका छन् । कोइराला निवासमा पत्रकारसँगको कुराकानीमा उनले कामचलाउ सरकारले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार पुनर्गठन गरेर गलत नजिर कायम गरेको बताए ।