राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्ष छवि विश्वकर्माको दैनिकी यतिबेला फेरिएको छ । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उहाँ अहिले पुरानै आरन पेसामा फर्कनुभएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका मालिका गाउँपालिका–६ दरबाङका विश्वकर्माले गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै …