भरतपुरस्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लबाट ल्याइएका ९३ जनाकाे स्वाबमा काेराेना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमूनामध्ये बुधबार गरिएको परीक्षणमा ठूलाे सङ्ख्यामा पाेजिटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।