बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयवासीले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण पासोमा परेर आइतबार चितुवा नियन्त्रणमा आएको हो । केही दिनयता गाउँमा चितुवा पसेर दर्जनौँ कुखुरा र बाख्रा खाएपछि पासो बनाएर थापेको उनले बताए ।फलामको बाकसमा तारजाली लगाएर बनाइएको सो पासोमा चितुवा फसेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । “बिहानै मलाई पनि खबर आयो, इलाका प्रहरी कार्यालयमार्फत, वन कार्यालयमा सूचना गर्यौं” वडाध्यक्ष चक्रबहादुर